PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

एडिबीको करिब १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय



पहिलोपोस्ट

एडिबीको करिब १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ : सरकारले नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब १५ अर्ब ५० करोड) स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि बैठकले गरेको उनले बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell