PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

डब्लुसिएल च्याम्पियनस : युएई विरुद्धको खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट



पहिलोपोस्ट

डब्लुसिएल च्याम्पियनस : युएई विरुद्धको खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट

काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट गरिएको छ।

प्रारम्भिक चरणमा क्याम्प बोलाइएका २८ खेलाडीबाट दोस्रो चरणमा २० खेलाडी छानिएको नेपी टोलीका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

जसमा यू-१० टिमका अनिमल कुमार शाहले समेत स्थान बनाएका छन्। मलेसियामा भएको यू-१९ एसिया कपमा गरेको प्रदर्शनका आधारमा उनी प्रारम्भिक टोलीमा चयन भएका थिए।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो।

यस्तै २० सदस्यीय टोलीमा सिद्दान्त लोहनी, दीलिप नाथ, हसिम अन्सारी, जितेन्द्र मुखिया, कुशल भुर्तेल लगायतका खेलाडी आटाएका छन्।

प्रारम्भिक सूचीमा रहेका सौरभ खनाल, सुसन भारी, मेहबुब आलम, सुनिल धमला, अनिल मण्डल भने २० सदस्यीय टोलीमा आटाएनन्। सौरभ र मेहबुबले इन्जुरीका कारण क्याम्पबाट नाम फिर्ता लिएको विज्ञप्तीमा उल्लेख छ।

यस्तै युएई विरुद्वको खेलका लागि अन्तिम १४ जनाको टोली घोषणा गरिनेछ भने ४ वैक्लपिक खेलाडी पनि छनोट गरिनेछ।

डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ।

 

दोस्रो चरणमा छानिएङ्का २० खेलाडी

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शरद भेषवाकर

वसन्त रेग्मी

सोमपाल कामी

विनोद भण्डारी

सागर पुन

करण केसी

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

ललितसिंह भण्डारी

आरिफ शेख

सुशील कँडेल

शक्ति गौचन

जितेन्द्र मुखिया

दिलिप नाथ

कुशल भुर्तेल

अनिल कुमार शाह

हसिम अन्सारी

सिद्दान्त लोहनी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell