PahiloPost

Jun 24, 2026 | १० असार २०८३

इलाममा नेकपाका चार कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

इलाममा नेकपाका चार कार्यकर्ता पक्राउ

इलाम :  निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं।–११ सोयाकका सञ्जिव फागो, वडा नं।।–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ छन् । 

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell