PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

इलामको फिक्कलमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

इलाम : मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ की २५ वर्षीया अस्मिता राई छन्।

इलामबाट झापा गइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell