PahiloPost

May 15, 2024 | २ जेठ २०८१

केपी ओलीले भने-बहुमत दिनुस् पाँच वर्षभित्र देशलाई कायापलट गर्छौं



चन्द्रकान्त खनाल

केपी ओलीले भने-बहुमत दिनुस् पाँच वर्षभित्र देशलाई कायापलट गर्छौं

बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई  दुई तिहाई बहुमत दिन आग्रह गरेका छन्।

बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई कायापलट गर्ने दाबी गरे।

अध्यक्ष ओलीले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुने र वामपन्थीहरुले नै देश हाँक्ने बताए।उनले अहिलेसम्म देशमा भ्रष्टाचार र कमिशन नखाएको नेता आफूमात्र भएको दाबी गरे।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका  नेता रामबहादुर थापाले वामपन्थीहरुलाई बहुमतको सरकार बनाउन  मत दिन आग्रह गर्दै वामपन्थी सरकारले देशमा विकास र परिवर्तन ल्याउने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell