PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनिल शर्मा अर्थात् बिजुली मन्त्रीका भाइ



सविन ढकाल

अनिल शर्मा अर्थात् बिजुली मन्त्रीका भाइ

स्थानः घट्टेकुलो 
समयः बिहानको १० बजे

नमस्कार! नमस्कार! ! नमस्कार! ! !

म अनिल शर्मा। काठमाडौं क्षेत्र नम्वर १ को वाम गठबन्धनको प्रतिनिधिसभा उम्मेद्वार। उनले यसो भनिसकेपछि उनीसँगै हिँडिरहेका केही सहयोगीले भन्ने गर्थे, बिजुली मन्त्रीको भाइ।

उनले थप प्रष्ट्याउन थाले, ‘जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा उहाँ नि त्यही टिममा हुनुहुन्थ्यो। अहिले काठमाडौंमा बत्ती जाँदैन। झलमल छ। यसमा उहाँको पनि योगदान रहेको छ। भोट दिनु है।‘ 

उनी रोकिए। भोटरले उनको कुरा कसरी बुझे थाहा छैन। हुन्छ-हुन्छ भन्दै टाउको हल्लाए।

अर्को आँगनमा पनि अनिलको भोट माग्ने शैली खासै फरक देखिएन। कसैले अब पानी पनि निरन्तर आइरहने बनाउनुपर्‌यो भन्दै माग राखे। कोही धुलोधुवाँरहित काठमाडौं बनाउनु पर्‍यो भन्दै सल्लाह दिन्थे। अनिल सुन्थे। अनि ‘गर्छु, हुन्छ’ भन्थे।

अनिलसँगै वाम गठवन्धनका प्रदेशसभाका उम्मेद्वारसमेत सँगै थिए। कोही उम्मेद्वारको कुरा सुन्थे। अलिक पर पुगेपछि कुरा काट्न पनि थाले। नेता यस्तै हुन्, चुनावमा मख्ख पार्छन्, पछि कहाँ हराउँछन्-हराउँछन् : यस्तै शब्द सुनिए।

अनिललाई केही फूर्सद मिल्यो। मैले प्रश्न थालेँ। 

तपाईँ लोडसेडिङ मुक्त गरेको क्रेडिट देखाउँदै भोट माग्नु हुँदैछ नि?
उनले पनि सहजै जवाफ दिए, ‘मैले यसलाई चुनावी एजेन्डा मात्र बनाएको होइन। दाइ ऊर्जामन्त्री हुँदा म त्यही टिममा थिएँ। काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने एउटा पात्र म पनि हुँ। देशलाई समृद्ध बनाउन ऊर्जा विकास आवश्यक छ।

राजधानीवासीले आफूले जिते धूलो-हिलो नै टेक्नुपर्दैन भन्नुभयो। यो सम्भव छ कि चुनावी नारा मात्र हो?
सम्भव छ। काठमाडौंमा नै यो सम्भव नभए कहाँ सम्भव होला? यहाँ आएको बजेटलाई सदुपयोग गर्ने हो भने त्यो आफैमा काफी छ। पाँच वर्षमा आरामले हुन्छ। हामी बनाउछौं। निर्माण गर्दा धूलो हुनसक्छ। त्यसका लागि पनि हामी प्रविधिको प्रयोग गर्छौँ।

अनि तपाईँ यो चुनावी प्रतिस्पर्धालाई चाहिँ कसरी हेर्नुभएको छ?
प्रतिस्पर्धा स्वभाविक छ। अब हाम्रो विजय सुनिश्चित देखेका छौं। कसले पछ्याउने भन्ने विषयमा कांग्रेस र अरु पार्टीमा प्रतिस्पर्धा भएको लागिरहेको छ।

प्रकाशमान श्रेष्ठ र रवीन्द्र मिश्र तपाईंभन्दा बलिया देख्नुभएको छैन?
मभन्दा रवीन्द्र मिश्र कसरी हेभिवेट हुनसक्छन्? आधारहरु के हो? जो २० औँ वर्ष राजनीतिमा लड्यो, जीवन दिएको सपुत यहाँ छ। मेरा अगाडि को हेभिवेट हो? तराजुमा तौलिँदा अरु गह्रौँ होलान्, तर राजनीतिमा होइन। राजनीतिकर्मीलाई उसको राजनीतिक पृष्ठभूमिको आधारमा नाप्नुपर्छ। हेभिवेट होइन। हो भने अनिल शर्मा हो। यसकारण कि गठबन्धनको एक उम्मेद्वार पनि म हुँ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell