PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पहिलो चरण निर्वाचनकाे मतपेटिका राख्नेबारे आयोग नै अन्याेलमा



पहिलोपोस्ट

पहिलो चरण निर्वाचनकाे मतपेटिका राख्नेबारे आयोग नै अन्याेलमा

काठमाडौं : प्रतिनिधि  तथा प्रदेश सभा निर्वाचनअन्तर्गत  पहिलो चरणको आगामी आइतबार निर्वाचन हुँदैछ। तर, मतगणना भने दोस्रो चरणको निर्वाचन (मंसिर २१ गते) पछि गरिने आयोगले जनाएको छ।

पहिलो चरणकाे निर्वाचनपछि मतपेटिकाको सुरक्षा व्यवस्था पूर्ण रुपमा मिलाई सकेको आयोगले जनाएको छ। तर, सुरक्षित र उपयुक्त स्थानमा मतपेटिका राखिने भनिए पनि मतपेटिका कहाँ राख्ने बारे आयोग अन्याेलमा रहेको छ।


जिल्लामा निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतका कार्यालय सदरमुकाममा रहेको छ। पहिलो चरणको मतदानपछि सम्बन्धित मुख्य निर्वाचन अधिकृतहरुको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा मतपेटिका राखिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।


मतपेटिका राखिएको ठाउँमा विधिपूर्वक निर्वाचन आयोगले सिलबन्दी गरिनेछ। उनले भने, ‘राजनीतिक दल र प्रतिनिधिहरुलाई पनि आफ्नो संकेत चिन्ह सिलछाप लगाउने व्यवस्था मिलाइने छ।’

सबै राजनीतिक दल प्रतिनिधिका आँखाबाट ओझेल नपर्ने गरी मतपेटिकाहरु राखिने छ। निर्वाचन अधिकृतहरु र राजनीतिक दलहरुको सहकार्यमा सुरक्षित र उपयुक्त स्थानको निर्धारण गरेर मतपेटिका राखिने छ। यसको नेतृत्व भने सम्बन्धित मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुले गर्नेछन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell