PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले भोट मलाई : प्रकाशमान सिंह



नेत्र तामाङ

कांग्रेसको नेतृत्वमा संविधान जारी भएकाले भोट मलाई : प्रकाशमान सिंह

लामो समय राजनीतिमा सक्रिय रहेका प्रकाशमान सिंह परिचय गराउनुपर्ने नाम होइन। गणेशमान सिंहका पुत्र प्रकाशमान नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन्। नतिजा आफ्नो पक्षमा पार्न सिंह हरेक दिन बिहानैबाट यस क्षेत्रमा घरदैलो अभियानमा व्यस्त छन्। यही सिलसिलामा सिंहसँग गरिएको कुराकानी :

बिहान बिहानै यति धेरै मतदाताकहाँ पुग्नुभयो, थकाई कतिको लाग्दोरहेछ ?

थकाइ त हुन्छ नि। तर, चुनावको समयमा मतदातासँग भेट्नुपर्छ भन्ने भएपछि बेग्लै किसिमको इनर्जी अउने रहेछ। हामी यसरी बिहान साँझ हिड्न थालेको १०/१२ दिन भइसक्यो यो अभियानमा। थकाई त लागेको छ नि। तर, धेरैभन्दा धेरै मतदाताकहाँ पुग्न यो दौडधुप भएको हो।

तेस्रोपटक मत माग्न मतदाताकहाँ आइपुग्नुभएको छ, कस्तो लाग्दो रहेछ?

पहिले संविधान लेखनका लागि थियो। संविधान जारी नभइ संविधानसभा भंग भयो। दोस्रोपटक माग्न आएँ। कांग्रेसको बहुमत नआएकोले यस्तै भयो भने। अहिले चै म सन्तुष्ट छु। कांग्रेसको नेतृत्वमा संविधान जारी भएकोले ढुक्काकासाथ मत माग्न आएको छु। समावेशी संविधान जारी गरेर आएकोले मैले मतदातासँग गरेको प्रतिबद्धता पूरा भएको छ।

घरदैलोकै क्रममा शान्ति सुरक्षा छैन, विकास छैन भनेर प्रश्न गर्ने नि भेटिए नि?

सरकारले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्छ। यसमा म पनि आवाज उठाउँछु। विकासको कुरामा चाहिँ यो क्षेत्रमा मैले प्रशस्त काम गरेको छु। मतदाता खुशी छन्। देशमा सुशासन र समृद्धि चाहिन्छ भनेर कांग्रेस पार्टी नै लागेको छ। म पनि यसैमा लागिरहेको छु। अब मेरै पालामा धुँवाधुलो हटाउने काममा लाग्छु। मेलम्ची चाँडै यहाँ ल्याउने काममा लाग्छु। यही क्षेत्रबाट बग्ने वागमती र धोविखोला सफाइमा लाग्छु। वातावरणीय दृष्टिल स्वच्छ राख्छु।

भावि प्रधानमन्त्री बन्नुहोस् भनेर सगुन पनि खुवाए। तपाईँले सगुन पनि खानुभयो। प्रधानमन्त्री बन्नुहोला?

देश बनाउने भनेर राजनीतिमा लागेको हुँ। एक नम्बरकै मतदाताले मत दिएर राजनीतिक हैसियत बनाइदिनुभएको हो। राजनीति हो, सम्भावनाको खेल हुन्छ। मेहेनत पनि गरेँ। उहाँहरुको आशीर्वाद इन्कार गर्दिनँ। 
मेरो भित्री इच्छा भनेको बुवा गणेशमान सिंह र आमा मंगलदेवी सिंहको मानव अधिकार र प्रजातन्त्रमा आवाज उठाउनुभएको कारण जनताको मन जितेर जानुभयो। म पनि असल नेता बन्न चाहन्छु। देशको आर्थिक प्रगति गर्ने मध्ये एक प्रकाशमान पनि हो भनेर नाम दर्ज गराउन चाहन्छु। र, गर्न पनि सक्छु। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell