5.jpg)
काठमाडौं : थाइल्यान्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कांस्य जितेका छन्। दुवैले फुल म्याराथनतर्फ पदक जितेका हुन्।
५०–५९ वर्षको उमेरसमूहमा रामले ३ घण्टा १० मिनेटमा दौड पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जनाएका छन्। धर्मले ४०–४९ उमेरसमूहमा ३ घण्टा ८ मिनेटमा दौड सकाए। दुवैले जनही ५ हजार भाट नगद पुरस्कार समेत पाएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।