PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कराते सिरिज ए–२०१७ मा प्रतिस्पर्धा गर्न १३ नेपाली खेलाडी जापान प्रस्थान



पहिलोपोस्ट

कराते सिरिज ए–२०१७ मा प्रतिस्पर्धा गर्न १३ नेपाली खेलाडी जापान प्रस्थान

काठमाडौं : कराते सिरिज ए–२०१७ मा सहभागी हुन १३ खेलाडीसहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन्।

कराते सिरिज यही नोभेम्वर २५ र २६ तारिखमा आयोजना हुनेछ।

पुरुषमा ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन्। सागका स्वर्णधारी विनोदले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन्।

महिलामा सुस्मिता गुरुङ, सुनीता महर्जन, अर्मिला डिसी र रोजी ओझा सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell