PahiloPost

Jun 24, 2026 | १० असार २०८३

एसियन म्याराथन च्याम्पियनसिपमा नेपालबाट गोपीचन्द्र र होमलालले दौडने



पहिलोपोस्ट

एसियन म्याराथन च्याम्पियनसिपमा नेपालबाट गोपीचन्द्र र होमलालले दौडने

काठमाडौं : नेपालबाट दुई म्याराथन धावकले चीनको डोङग्वानमा हुने १६औँ संस्करणको एसियन म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नोभेम्बर २६ मा हुने म्याराथनमा नेपालका गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठ दौडन लागेका हुन्।

च्याम्पियनसिपमा सहभागि हुन दुई खेलाडीसहित नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम पनि अफिसियलको भूमिकामा बिहीबार मलेसिया एयरलाइन्सबाट चीन उड्दै छन्।

गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए।

२ घण्टा २३ मिनेट ०१ सेकेन्ड गोपी तथा २ घण्टा २२ मिनेट २६ सेकेन्ड होमको उत्कृष्ट टाइमिङ हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell