PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप सुरु



पहिलोपोस्ट

राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप सुरु

काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गतको राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप मंगलबारबाट सुरु भएको छ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोईङ संघको आयोजनामा तथा नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सिको सहयोगमा धादिङको फिस्लिङस्थित त्रिशुली खोलामा च्याम्पियनसिप शुरु भएको हो।

दुई दिने प्रतियोगितामा ८१ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलाडीलाई खेल सामाग्री प्याडल प्रदान गरेर च्याम्पियनसिप शुरु गरेका युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जनार्दन रिजालले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक हासिल गर्ने खेल हुनुको साथै साहसिक र पर्यटकिय खेल हुनुले पर्यटकलाई भित्राउनुका साथै आर्थिक आर्जन गर्ने खेल भएकोले यस खेलको विकास र विस्तारमा राज्यले चासो दिनु पर्ने र लगानी गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell