PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

अन्तरकलेज फुटसल : साइपालको दोहोरो जित



पहिलोपोस्ट

अन्तरकलेज फुटसल : साइपालको दोहोरो जित

काठमाडौं : साइपाल एकेडेमीले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हात पारेको छ।

शंखमूल फुटसलमा भएको प्रतियोगितामा साइपालले लिभरपुललाई ४–२ तथा कान्जिरोवालाई ४–० गोलले पराजित गर्‍यो।

यसैगरी ओलम्पिया, आईडियल र ह्वाइटहाउस कलेजले पनि दोहोरो जित पाए। ओलम्पियाले लिटिल एन्जल्स (एलए) लाई ३–१ तथा नामीलाई ४–० गोलले हरायो। आईडियलले नामीलाई ४–० तथा एलएलाई ५–० गोलअन्तरले पराजित गर्‍यो। ह्वाइटहाउसले ह्वाइटफिल्डलाई ४–१ तथा इन्साइड भिजनलाई ४–१ गोलले हरायो।

अन्य खेलमा कान्जिरोवाले युनि ग्लोबलाई ५–२, इन्साइड भिजनले ब्रिटिस कलेजलाई ३–०, गोल्डेनगेटले युलेन्सलाई ३–१ तथा लिभरपुलले युनि ग्लोबलाई ३–१ ले पराजित गरे।

शैक्षिक क्षेत्रबाट खेलकुदमा पनि हात हालेको अल्फा बिटाका अध्यक्ष द्विराज शर्माले आगामी दिनमा फुटबल, क्रिकेट र तेक्वान्दोको प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको जानकारी गराए।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगद हात पार्नेछन्।

१६ टिम सहभागी प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell