PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रामचन्द्र पौडेलले भने -अधिनायकवाद स्वीकार्य छैन 



पहिलोपोस्ट

रामचन्द्र पौडेलले भने -अधिनायकवाद स्वीकार्य छैन 

लमजुङ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताएका छन्। 

लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको आरोप लगाए। 

उनले वाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाए। 

पौडेलले भने, “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन।” 

उनले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरूसँग देश र जनताको माया नभएको बताए। उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell