
फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो।
खेलको पहिलो मिनेटमै गोल खाए पनि पिएसजीले घरेलु मैदानमा ७ गोल फर्कायो। माउसा डेम्बेले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए। तर नेमार र एडिनसन कभानी चम्केपछि सेल्टिकको केही चलेन।
पिएसजीको शानदार जितमा नेमार र कभानीले २-२ गोल गरे। यस्तै मार्को भेराट्टी, केएलिन एमबापे र डानी अल्भ्जले समान १ गोल गरे।
जितपछि पिएसजीले समूह बी'मा १५ अंक जोडेको छ। यस्तै पिएसजीसँगै अन्तिम १६ मा पुगेको जर्मन क्लब वायर्न म्युनिखले एन्डरलेक्टलाई २-१ ले हरायो। वायर्नका लागि रोवर्ट लेवान्डास्की र कोरेन्ट टोलीसोले गोल गरे। एन्डरलेक्टका लागि सोफिएल हानीले एक गोल गरे।