PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

च्याम्पियन्स लिग : बार्सिलोना अन्तिम १६ मा, युभेन्ट्सले अझै कुर्नुपर्ने



पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना अन्तिम १६ मा, युभेन्ट्सले अझै कुर्नुपर्ने

युभेन्टसँग बराबरीमा रोकिए पनि स्पानिस क्लब वार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह डी अन्तर्गत युभेन्ट्सको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि ५ खेलबाट बार्सिलोनाको ११ अंक भएको हो।

युभेन्ट्सले भने अन्तिम १६ मा पुग्न अन्तिम खेल नै कुर्नु पर्ने भएको छ। युभेन्ट्सको ५ खेलबाट ८ अंक छ। अर्को खेलमा ओलम्पियाकोसलाई २-१ ले हराएको स्पोर्टिङ सिएको ७ अंक छ।

अब अन्तिम खेलमा युभेन्ट्सले स्पोर्टिङसँगै खेल्नेछ। यस खेलमा बराबरी वा जितले युभेन्ट्स अन्तिम १६ मा पुग्नेछ। तर पराजित भए समूह चरणबाटै बाहिरिनेछ।

१ अंक रहेको ग्रीक क्बल ओलम्पियाकोस भने समूह चरणबाटै बाहिरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell