PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

बाबुले गरे ६ महिनाको छोराको हत्या



पहिलोपोस्ट

बाबुले गरे ६ महिनाको छोराको हत्या
प्रतीकात्मक तस्बिर

जुम्ला: पातारासी गाउँपालिका –६ का एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन्।

२० वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए।

एक वर्षअघि कतारबाट फर्किएका उनले लेखेको नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख गरेको उनले बताए।

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानको मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell