PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

३२ जिल्लामा बिहीबार मध्यरातदेखि मौन अवधि, के के गर्न पाइँदैन? 



पहिलोपोस्ट

३२ जिल्लामा बिहीबार मध्यरातदेखि मौन अवधि, के के गर्न पाइँदैन? 

काठमाडौँ: पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज अन्तिम चुनावी प्रचार–प्रसार गर्दैछन्। 

मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिता विपरीत काम गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्। 

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने निर्वाचन प्रचारको कार्यक्रम रोकिने छैन। 


के के गर्न पाइँदैन

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाउने छैनन्। मौन अवधिको उल्लङ भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ। 

  • निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।
  • मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्ने।
  • एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।
  • मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell