PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल धरौटीमा रिहा



पहिलोपोस्ट

कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल धरौटीमा रिहा

काठमाडौँ: विशेष अदालतले जनही एक करोड रुपैयाँ धरौटी माग गरेका कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल धरौटीमा रिहा भएका छन्। अध्यक्ष महत र सदस्य ढकाल बुधबार धरौटीमा रिहा भएका हुन्।

बैंक ग्यारेन्टीबाट उनीहरु रिहा भएका हुन्।

मंगलबार महत र ढकालसँग विशेषले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटीको प्रक्रिया पूरा नभएपछि दुबैलाई सदरखोर डिल्लीबजारमा न्यायिक हिरासतमा राखिएको थियो।

फरार अवस्था मुद्दा दर्ता गरिएका ढकाल र महत कात्तिक २९ गते विशेषमा हाजिर भएका थिए। कात्तिक ३० गतेबाट विशेषले बयान लिएको थियो। बयान र थुनछेक बहसपछि अदालतले मंगलबार दुबैसँग जनही एक करोड धरौटी माग गरेको थियो।

दश अर्ब दुई करोडभन्दा बढी बिगो दाबी रहेको मुद्दामा अदालतले जनही एक करोड धरौटी माग गरेको हो। कर मिनाहा विवाद मुद्दामा जोडिएका आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चुडामणि शर्मा भने अझै अदालतमा उपस्थित भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell