PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नुवाकोटको ढिकुरे निषेधित क्षेत्र घोषित, दुबै गठबन्धनको चुनावी सभा रोकियो



पहिलोपोस्ट

नुवाकोटको ढिकुरे निषेधित क्षेत्र घोषित, दुबै गठबन्धनको चुनावी सभा रोकियो

नुवाकोटः स्थानीय प्रशासनले नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरेलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन अनुसार बिहीबारका लागि ढिकुरेमा कुनै पनि सभा र जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

निषेधित क्षेत्रमा बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेको छ।

ढिकुरेमा बिहीबार वाम र लोकतान्त्रिक गठबन्धन दुबैले नजिकै कार्यक्रम राखेपछि सम्भावित तनावलाई मध्यनजर गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो। 

जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कुनै पनि सभा, जुलुश गर्न नपाउने निर्णय गरेको हो।

प्रशासनले पूर्व चौघडा, पश्चिम बराहफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणतर्फ चौखडासम्म सीमा तोकेर निषेधित क्षेत्र घोषणा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell