PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कम्युनिष्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैनः प्रधानमन्त्री 



पहिलोपोस्ट

कम्युनिष्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैनः प्रधानमन्त्री 

कालीकोट :  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन्। 

कालीकोटको नरहरिनाथ गाउँपालिकाको कोटवाडामा पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धन स्वार्थका कारण भएकाले मुलुकको हित नगर्ने बताए।

प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परेपनि कांग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको भन्दै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुने बताए। प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन् सुदृढ गर्दै अघि बढ्ने बताए। 

प्रधानमन्त्री देउवाले कांग्रेसले २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको भन्दै भावी दिनमा नेपाल र नेपाली जनताका लागि लागिपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell