PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

किन मैथिली भाषामा फिल्म 'राज्जा रानी'?



पहिलोपोस्ट

किन मैथिली भाषामा फिल्म 'राज्जा रानी'?

काठमाडौं: फिल्म 'राज्जा रानी' मैथिली भाषामा पनि रिलिज हुने खबर सार्वजनिक भयो। पहिलोपटक क्षेत्रीय भाषामा फिल्म प्रदर्शन हुन लागेको हो।

मैथिली मिथिला क्षेत्र (जनकपुर र मधेश)मा बोलिने क्षेत्रीय भाषा हो। निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली सिनेमाको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिएको बताए। ‘फिल्मको कथा त मधेस केन्द्रित छ नै।

साथै यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं’ उनले भने। मैथिली भाषामा पनि फिल्म पुस २१ गते नै सार्वजनिक हुनेछ। मैथिली भाषामा फिल्म रिलिजका लागि मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरण कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।



भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ।

केकी अधिकारी र नाजिर हुसेनको मुख्य अभिनय रहेको प्रेम कथा देखाउने फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell