PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

साइतमा 'सुपर गोर्खे' पोस्टर रिलिज



पहिलोपोस्ट

साइतमा 'सुपर गोर्खे' पोस्टर रिलिज

काठमाडौं: फिल्म 'डायरी' युनिटले ज्योतिषलाई देखाएर फिल्मको अङ्ग्रेजी नाममा दुईवटा आर लेखायो। तर फिल्म समिक्षात्मक एवं व्यवसायिक रुपमा असफल भयो। त्यस्तै झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २'को स्क्रिप्ट लेखनदेखि छायांकनसम्म ज्योतिषले जुराएको साइत अनुसार पुरा भयो। फिल्मले राम्रो व्यापार गर्योम। यस्तोमा अर्को फिल्म युनिटले पनि साइत जुराएर पोस्टर रिलिज गरेको छ।

फिल्म 'सुपर गोर्खे'को पोस्टर रिलिज गरिएको हो। मंसिर २९ देखि प्रदर्शनमा आउने फिल्मको हेराएको साइत अनुसार विहीबार बिहान सवा ११ बजे पोस्टर सार्वजनिक गरियो। पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ। पोस्टरमा फिल्मकी निर्माता समेत रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी भने देखिएकी छैनन्।

सुपर गोर्खेलाई राज थापाले निर्देशन गरेका हुन्। अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ। फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ।

तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायांकन छ। फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell