PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

हल्ला नगरी आर्यन र श्रृष्टीलाई लिएर सबिर श्रेष्ठ फ्लोरमा



पहिलोपोस्ट

हल्ला नगरी आर्यन र श्रृष्टीलाई लिएर सबिर श्रेष्ठ फ्लोरमा

काठमाडौं: बिना प्रचार प्रसार निर्देशक सबिर श्रेष्ठले नयाँ प्रोजेक्ट सुरु गरेका छन्। नायक आर्यन अधिकारी र सन् २०१२ की मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठको रिल जोडी लिएर फिल्म 'बाँध मायाले' सुटिङका लागि श्रेष्ठ लगायतको युनिट नवलपरासी पुगेको हो। फिल्मको छायांकन यसै साताबाट नवलपरासीमा सुरु हुँदैछ।

लेखक समेत रहेका निर्देशक श्रेष्ठले बाँध मायालेलाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन्। उनले हतारमा छायांकन सुरु नगरेको प्रष्ट पार्दै भने,'लामो तयारीपछि हामी सुटिङमा निस्किएका हौं। तयारीका लागि हल्ला नै गर्नु पर्छ भन्ने छैन।'

निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्टको प्रस्तुती रहने बाँध मायालेका निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ रहनेछन्। बाबु श्रेष्ठले खिच्ने लभ स्टोरी जनराको फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन्। अन्य कलाकारहरु राजाराम पौडेल, किशोर खड्का, विशाल चाम्लिङको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell