PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भारतमा पत्रकारको हत्या गर्ने सैनिक अधिकारी पक्राउ



पहिलोपोस्ट

भारतमा पत्रकारको हत्या गर्ने सैनिक अधिकारी पक्राउ
फोटो श्रोतः sbs.com

नयाँदिल्ली :  भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको छ। 

मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो। उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो। 

त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना अधिकारीले उनलाई गोली हानेको बताइएको छ। 

मुख्यालयका सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्न आदेश दिएका खुलेको छ । 

उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो। उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको जनाइएको छ। उनलाई आज नै मुद्दा हेर्ने अधिकारीकोमा उपस्थित गराइएको छ। 

सुदिप दत्त भौमिक नाम गरेका ४८ वर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए। उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो। 

त्रिपुरा प्रहरीले घटनाको कारणकाबारेमा अनुसन्धान गरिरहेको जनाएको छ रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell