PahiloPost

Nov 28, 2025 | १३ मंसिर २०८२

महिला यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट धर्मगुरु पक्राउ



सविन ढकाल

महिला यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट धर्मगुरु पक्राउ

काठमाडौं :  प्रहरीले यौन दुर्व्यवहारको आरोपमा राजधानीबाट एक धर्मगुरुलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सिन्धुलीका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई दक्षिणकालीस्थित गुम्बाबाट पक्राउ गरेको हो।

उनीविरुद्ध साइबर अपराध र यौन दुर्व्यवहारको अभियोगमा लगाइएको छ। 

उनले महिलालाई विभिन्न लोभ त्रास र धार्मिक आस्था देखाई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले जानकरी दिए। म्याद थप गरी उनका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

अाफू अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जवरजस्ती गर्ने गरेको खुलेको हो।

लामाले अरु कसैलाइ सुनाए रोग निको नहुने र मृत्यु हुने भन्दै त्राससमेत फैलाउने गरेको डिआइजी कार्कीले बताए। लामाले सामाजिक सञ्जालमा महिलाको नग्न तस्विरसमेत पोस्ट गर्ने गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell