PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

'ह्याप्पी न्यू इयर'को ट्रेलरमा कथावस्तुको थिम



पहिलोपोस्ट

'ह्याप्पी न्यू इयर'को ट्रेलरमा कथावस्तुको थिम

काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। विहीबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरले लभ स्टोरी जनराको फिल्मको थिम प्रस्तुत गर्छ। जसमा मुख्य दुई कलाकार कुशल थापा, पुकार गौतम र सन्ध्या केसीको फिचरिङ रहेको छ।

नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको फिल्म 'ह्याप्पी न्यू इयर'को सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो। देव कुमार श्रेष्ठ निर्देशित फिल्मलाई आरके एम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा राती थापाको लगानी छ।

लभस्टोरी जनराको यो फिल्ममा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ। अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell