PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

ताइपेईको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

ताइपेईको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ जनाको मृत्यु, दुई घाइते
फोटो श्रोतः taiwannews.com

ताइपेई :  उत्तरी ताइवानको ताइपेईमा रहेको एक अपार्टमेन्टमा भएको आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

नौतले आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

ताइपेई सहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी सुरु भएको थियो। 

अपार्टमेन्टमा प्रायः विदेशी कामदारको बसोबास रहँदै आएको जनाइएको छ। अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशी नागरिकलाई आगो लगाएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell