PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

गच्छदारको प्रश्नः एकतन्त्रीय साम्यवाद रोज्ने कि लोकतन्त्र ?



पहिलोपोस्ट

गच्छदारको प्रश्नः एकतन्त्रीय साम्यवाद रोज्ने कि लोकतन्त्र ?

इटहरी :  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीति वाम शक्ति र लोकतान्त्रिक पक्षबीचको ध्रुवीकरणमा विभाजित भएकाले अब एकतन्त्रीय साम्यवाद रोज्ने कि लोकतन्त्र भन्ने निर्णय गर्ने दिन आएको बताएका छन्।

सुनसरीको दुहवीमा आयोजित कार्यक्रममा गच्छदारले प्रजातन्त्रका पक्षमा जीवन मरणको संघर्ष गरेका महामानव बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेतले मात्र नभई धेरै सपुतले आफूलाई आहुति दिएको एकतन्त्रीय साम्यवाद ल्याउन नभएको बताए। 

भ्रम बाँड्ने र असम्भव कामलाई सम्भव देखाउन खोजेर आमनेपाली जनतालाई झुक्याउने वाम चरित्रलाई नजिकबाट नियाल्नका लागि विध्वंसात्मक माओवादी आन्दोलनलाई कसैले नभुल्ने बताए। 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुलाई गच्छदारले स्वागत गरेका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell