PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

इपीएल : ललितपुर प्याट्रियट्सको जर्सी सार्वजनिक, कप्तानमा ज्ञानेन्द्र मल्ल



पहिलोपोस्ट

इपीएल : ललितपुर प्याट्रियट्सको जर्सी सार्वजनिक, कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं : आगामी डिसेम्वर १९ बाट शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को टिम ललितपुर प्याट्रियट्सले टिमको अफिसियल जर्सी र कप्तानको नाम सार्वजनिक गरेको छ।

बिहीबार ललितपुरे टिमले रातो र पहेँलो कलरको जर्सी सार्वजनिक गरेको हो। यस्तै कप्तानमा मार्क्यु प्लेअरका रुपमा रहेका ज्ञानेन्द्र मल्ललाई नै चयन गरिएको टिम ओनर किशोर महर्जनले बताए।

ओनर महर्जन र कप्तान ज्ञानेन्द्रसँगै टिमका जेनेरल म्यानेजर छुम्बी लामा तथा दुई खेलाडी सन्दीप लामिछाने र कुशल भुर्तेलले जर्सी अनभेल गरे।

टिम ओनर महर्जनले क्रिकेटको उदयिमान प्रतियोगिता र टिमको रुपमा जनाउन उदाउँदो सूर्यजस्तै रातो र पहेँलो कलरको जर्सी बनाएको प्रतिक्रिया दिए।

यस्तै महर्जनले मार्क्यु प्लेअर र राष्ट्रिय टिमको समेत उपकप्तान रहेका कारण ज्ञानेन्द्रलाई नै कप्तान चनय गरिएको जानकारी दिए। राजु बस्न्यातलाई प्रशिक्षकको रुपमा चयन गरिएको महर्जनले जानकारी दिए।

 

इपीएल खेल्न एक्साइटेड छु : ज्ञानेन्द्र मल्ल

ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले इपीएल खेल्नका लागि आफुहरु एकदमै उत्साहित रहेको बताए। 'एज ए प्लेअरका रुपमा एक्साइटेड छौँ। राष्ट्रिय टोलीका समेत उपकप्तान रहेका मल्लले भने। 'इपीएल ठूलो स्ट्याण्डर्डको टुर्नामेन्ट हो। यसले नेपाली क्रिकेटमा नयाँ आयाम थप्नेछ।'

मल्ले व्यावसायीकतातर्फ लम्किरहेको नेपाली क्रिकेटमा यो एउटा आधार हुने बताए। 'यसबाट क्रिकेट खेलाडीहरुले व्यावसायीक रुपमा जिविकोपार्जन गर्न सहयोग पूर्‍याउनेछ।'

यस्तै क्रिकेटमा जस्तै अन्य खेलहरुमा पनि स्पोन्सरहरो खाँचो छ अरु खेलले पनि स्पोन्सर पाउने हो भने नेपाली खेलकुदको विकास हुने उनको विश्वास छ।

 

आइपीएल र रणजी ट्रपी खेलेका खेलाडी आउने

ललितपुर प्याट्रियट्सले ३ विदेशी खेलाडी कोटा अन्तर्गत भारतबाट खेलाडी ल्याउने लगभग पक्का भएको ओनर महर्जनले खुलासा गरे।

'हामीले २ आइपीएल खेलेका र १ रणजी ट्रफी खेलेका खेलाडी ल्याउन लागेका छौँ।' उनले भने।  'सम्झौता हुन बाँकी छ त्यसैले अहिले नाम खुलाउन मिल्दैन। अबको दुई दिन भित्र सम्झौता गरेर नाम सार्वजनिक गर्नेछौँ।'

आइपीएल खेलेका मध्ये दिल्ली र राजस्थानको एक-एक खेलाडी रहनेछन्।

 

मारुती सिमेन्ट मुख्य प्रायोजक

ललितपुर टिमको मुख्य प्रायोजकको रुपमा मारुती सिमेन्ट तथा नेपाल इनभेष्टमेन्ट बैंक सह प्रायोजक रहेको छ।

यसबाहेक अन्य विभिन्न संघ संस्थाहरु गरी करिब एक दर्जन प्रायोजक लतितपुर टिमसँग जोडिएको टिम ओनर महर्जनले बताए। मारुती सिमेन्ट, इनभेष्टमेन्ट बैक र कोकाकोलासहित जर्सीमा ६ वटा स्पोन्सरको नाम समावेश छ।

महर्जनले सबै स्पोन्सरसँग यस सिजनको लागि मात्र प्रायोजन सम्झौता गरेको र सम्झौता रकम खुलाउन नमिल्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell