
काठमाडौं : कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगितामा छात्रतर्फ बाल सृजनालय र छात्रातर्फ श्री दुर्गा सेकेण्डरी स्कुल च्याम्पियन बनेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको छात्रतर्फको फाइनलमा काठमाडौंको बाल सृजनालयले सर्लाहीको एभरेष्ट सेकेण्डरी स्कुललाई १-० ले हराउँदै उपाधि जित्यो। बाल सृजनालयका लागि एक मात्र निर्णायक गोल प्रतिक आले मगरले गरे।
यस्तै छात्रातर्फको फाइनलमा रौताहटको दुर्गा सेकेण्डरीले स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुललाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो।
दुर्गा स्कुललका लागि निकिता थोकरले ४, रश्मी कुमारी घिसिङले २ तथा दिलकुमार आले मगरले १ गोल गरिन्।
यस्तै छात्रातर्फ सेती कुमारी सारदालाई २-० ले हराउँदै श्री शंकर सरस्वतीले तेस्रो स्थान हात पार्यो।
छात्रतर्फ व्यक्तिगत उत्कृष्ट
गोलकिपर : सुरेश लामा (बाल सृजनालय)
डिफेण्डर : आकाश श्रेष्ठ (एभरेष्ट)
मिडफिल्डर : एन्जिल लामा (बाल सृजनालय)
फरवार्ड : एन्जल भण्डारी (भानुभक्त मेमोरियल)
कोच : अमर शेर्पा (बाल सृजनालय)
फिएर प्ले : स्कोलार होम्स इंगलिस बोर्डिङ स्कुल
छात्रातर्फ व्यक्तिगत उत्कृष्ट
गोलकिपर : सावित्री किसान (भुम्रे)
डिफेण्डर : सुरक्षा सिंह (श्री शंकर सरस्वती अन्नपूर्ण)
मिडफिल्डर : प्रीती राई (सेती देवी सारदा)
फरवार्ड : निकिता थोकर (श्री दुर्गा)
कोच : नुर राज काफ्ले (श्री दुर्गा)
फिएर प्ले : श्री शंकर सरस्वती अन्नपूर्ण