PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मत बदर गराउने अभियानमा हिँडेका यी दुई समातिए



पहिलोपोस्ट

मत बदर गराउने अभियानमा हिँडेका यी दुई समातिए

काठमाडौं : आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत बदर गराउने उद्देश्यका साथ सक्रिय रहेका स्वतन्त्र मधेश गठबन्धनका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

डा.सीके राउत नेतृत्वको गठबन्धनले ‘बढी मत बदर गराएर आफ्नो उपस्थिति देखाउने’ अभियान अन्तर्गत प्रचार गर्दै आएको छ। मत बदर अभियानको प्रचार प्रसारमा लागेका रौतहटका अशोक सिंह र बीरेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीवार प्रहरीले साहलाई पिपरा बजारको चिया पसलबाट पक्राउ गरेको हो भने सिंहलाई हजमिनियास्थित घरबाट पक्राउ गरेको हो।

निर्वाचन विरोधी अभियानमा लागेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

नयाँ संविधानले मधेशको माग सम्बोधन नगरेको भन्दै गठबन्धनले निर्वाचनमा मतबदर अभियान चलाएको हो। स्थानीय निकायको निर्वाचनमा कोठा बाहिर मतदान गरेर मत बदर अभियान चलाएको छ।

यता निर्वाचन आयोगले डा.राउतको अभियानलाई निर्वाचनको विरुद्ध नभएको बताउँदै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell