PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने



पहिलोपोस्ट

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन्। 

छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गरेका अध्यक्ष प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए। 

तिमिल्सेनाले भने, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ।” 

अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने जानकारी दिए। 

चुनावी अभियानका क्रममा अध्यक्ष प्रचण्ड, पत्नी सीता, छोरी रेणुसहित चितवन जाने बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell