PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

शशांक कोइरालाले भने-समृद्धि र विकासका लागि कांग्रेस एकमात्र विकल्प



पहिलोपोस्ट

शशांक कोइरालाले भने-समृद्धि र विकासका लागि कांग्रेस एकमात्र विकल्प

नवलपरासी :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताएका छन्। 

नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा महामन्त्री मुलुकको बृहत्तर हितका लागि कांग्रेसको विकल्प नभएको बताए। 

बर्दघाट सुस्तापूर्व नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महामन्त्री कोईरालाले अघिल्लो पटक नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको र अब कांग्रेसको नेतृत्वमा संविधानको प्रभावकारी कार्यान्वयन हुने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell