PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दैलेख पुगेर ओलीले भने -वामपन्थी सरकारको पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन्



पहिलोपोस्ट

दैलेख पुगेर ओलीले भने -वामपन्थी सरकारको पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन्

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताएका छन्। 
नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको बताए। 

दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताए। 

ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहोर्याउँदै सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउने बताए। 

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए। उनले भने,“गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ।”रासस 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell