PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

चुनाव सरेको सपना नदेख्न ओलीलाई प्रधानमन्त्रीको आग्रह



पहिलोपोस्ट

चुनाव सरेको सपना नदेख्न ओलीलाई प्रधानमन्त्रीको आग्रह

रोल्पा :  प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। 

नेपाली कांग्रेस रोल्पाले बिहीबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको भन्दै यस्तो सपना नदेख्न उनले आग्रह गरे। प्रधानमन्त्रीले भने, “ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ।” 

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागू गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै देशमा भएका सवै खालका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा निर्वाचनमा कांग्रेसलाई बहुमत दिएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिन सबै मतदातालाई आग्रह गरे। 

दश वर्ष लामो हिंसात्मक द्वन्द्वमा रोल्पाले धेरै क्षति व्यहोरेको स्मरण गर्दै देउवाले भने “अब कसैबाट पनि नडाएर ढुक्कसँग मतदान गर्नुस् द्वन्द्वले रोल्पालाई धेरै पछाडि पारेको छ, हामी रोल्पालाई अब नमुना जिल्ला बनाउँछौं।”रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell