PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

युरोपा लिग : आर्सनल कोलोनसँग पराजित



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल कोलोनसँग पराजित

यसअघि नै अन्तिम ३२ मा स्थान बनाइसकेको इंगलिस क्लब आर्सनल युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा जर्मन क्लब एफसी कोलोनसँग पराजित भएको छ। अधिकांश पहिलो रोजाईका खेलाडीलाई आराम दिइएको खेलमा आर्सनल १-० ले पराजित भएको हो।

बुण्डेसलिगामा अन्तिम स्थानमा रहेको कोलोनलाई जित दिलाउन सेरउ गुएरासले पेनाल्टीमा एक मात्र गोल गरे।

जितपछि कोलोनले अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै रखेको छ।

यता इटालियन जायन्ट एसी मिलानले अट्रियन वियनलाई ५-१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ। मिलानका लागि आन्द्रे शिल्भा र प्याट्रिक कोट्रोनले २-२ गोल गरे। रिकार्डो रोड्रिग्वेजले एक गोल गरे। त्यसअघि क्रिस्टोफ मोनसेनले गोल गर्दै वियनलाई पहिले अग्रता दिलाएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell