PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उद्योगमन्त्री थापालाई लक्षित गरी धनकुटामा बम प्रहार



पहिलोपोस्ट

उद्योगमन्त्री थापालाई लक्षित गरी धनकुटामा बम प्रहार

काठमाडौं: उद्योगमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट धनकुटामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सुनीलबहादुर थापालाई लक्षित गरी बम विस्फोट गराइएको छ।

आज बिहान करिव ७ बजेतिर छिन्ताङ शहीद भूमि गाउँपालिकाको साप्तिङटार नजिक रहेको फक्सिङखोलामा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रमुख एसपी सुदीप भण्डारीले बताए।

एकान्त ठाउँ हेरी रङको बट्टामा बारुद राखेर बम पड्काएको भेटिएको एसपी भण्डारीले बताए।

मन्त्री थापा सकुशल रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell