PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ब्राजिलियन फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय



पहिलोपोस्ट

ब्राजिलियन फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

ब्राजिलियन फुटबलर रोबिन्होलाई सामुहिक बलात्कारमा दोषी ठहर गर्दै इटालीको एक अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ।

३३ वर्षीय रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै दोषी ठहर गरेको हो। अदालतले उनीसँगै उक्त घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।

अपिल प्रकिया जारी रहेसम्म जेल सजाय होल्डमा राखिने बीबीसीले जनाएको छ।

रोबिन्होले ५ वर्ष मिलानका लागि खेल्दै २०१५ मा क्लब छाडेका थिए।

२२ वर्षीया ती महिलालाई डिस्कोबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ।

अहिले ब्राजिलको क्लब एथ्लेटिको मिनेइरोमा आवद्द रहेका रोविनहोले आफू घटनामा संलग्न नभएको दावी गर्दै आएका छन्। उनी मुद्दाको सुनुवाइमा पनि अदालतमा उपस्थित थिएनन्।

उनको इन्स्टाग्राम पेजमा राखिएको विज्ञप्तिमा उनले घटनामा आफू संलग्न नभएको र यसबारे केही वर्ष अघि नै डिफेण्ड गरिसकेको उल्लेख गरिएको छ।

ब्राजिलका लागि सय खेल खेलेका रोबिन्होले सान्तोषबाट करियस सुरु गर्दै स्पेनको रियल मड्रिड तथा इंगल्याण्डको म्यानचेष्टर सिटीका लागि समेत खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell