PahiloPost

Jun 24, 2026 | १० असार २०८३

करेन्ट लागेर दाङमा टिपर चालक र सहचालकको मृत्यु



पहिलोपोस्ट

दाङ :  दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर वडीगाउँ नगरपालिकाका चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङ छन्। 

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell