PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

निर्वाचन आचारसंहिता उल्लंघनः 'स्पष्टीकरणमै चित्त बुझाउँछ आयोग'



पहिलोपोस्ट

निर्वाचन आचारसंहिता उल्लंघनः 'स्पष्टीकरणमै चित्त बुझाउँछ आयोग'

  • पासाङ ठकुल्ला

काठमाडौं: निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनका करिव दुई हजार उजुरी छन्। आयोगले विधिवत स्पमा ती उजुरीको छानविन पनि सकेको छ। तर, अचम्म उजुरीमा सामान्य नसिहतभन्दा अर्को कारबाही भएको पाइन्न। 

आयोगमा विदेश भ्रमणदेखि कर्मचारी सरुवासम्मका उजुरी परेका हुन्। यी सबै उजुरीलाई निर्वाचन आयोगले किनारा लगाएको जनाएको छ ।

भदौ १४ गतेदेखि असोज २० गतेसम्म आयोगमा १ हजार ८५८ उजुरी परेका थिए। सबैभन्दा धेरै विदेश भ्रमणका उजुरी परेका छन्। कर्मचारी काज सरुवाका १ सय ८८ वटा उजुरी परेका छन्।

ऐन बमोजिम विधि र प्रक्रिया पुर्याएर सबै उजुरी किनारा लगाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

कारबाही स्वरुप स्पष्टीकरण लिने र त्यसबारे हेर विचार गर्ने काम भएको छ।’ उनले भने, ‘स्पष्टीकरण सोध्ने र दिने काम पनि कारबाही हो। स्पष्टीकरणमा उल्लेख गरिएको कुराको आधारमा आयोगले थप कारबाही गर्छ।’

निर्वाचन आचारसंहिता अनुसार आयोगले स्पष्टीकरण सोध्ने ध्यानाकर्षण गराउने, सचेत गराउने, उम्मेदवार भएको खण्डमा उम्मेदवारी रद्द गर्ने र अन्य व्यक्तिको हकमा एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।

अहिलेसम्म उजुरीमाथि स्पष्टीकरण लिने बाहेक अन्य कारबाही भएका छैनन्।

आयोगमा यस अवधिमा विदेश भ्रमणको अनुमतिका लागि ८३८ वटा निवेदन परेकामा आयोगले ६१४ लाई स्वीकृति दिएको थियो।

 

यस्ता विषयमा छन् उजुरी

विदेश भ्रमण

स्वदेश भ्रमण (निरीक्षण, अवलोकन, कार्यक्रममा सहभागिता) प्रमुख/आतिथ्य र उद्घाटन गर्ने वाहेक)

हेलिकप्टर प्रयोग भएका

नतिजा प्रकाशन/परीक्षा सञ्चालन

सञ्चालक समिति/अध्यक्ष÷सदस्य मनोनयन

साधारण सभा/अधिवेशन सम्वन्धी

आर्थिक सहायता/पुरस्कार प्रदान

सेवा/करार नियुक्ति

कार्यक्षमता तथा आन्तरिक वढुवा भएको

काज सरुवा

बजेट तथा कार्यक्रम संशोधन/कार्यक्रम/शिविर सञ्चालन

 

सहमति माग भएका

नेपाल सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न/नियमावली संशोधन गर्न

डकुमेन्ट्री छायाङ्कन गर्न

पर्वतारोहण दलका साथ सम्पर्क अधिकृतको रुपमा खटाउने व्यवस्था गर्न



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell