PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रमुख निर्वाचन आयुक्तले भने–मौन अवधि मतदाताको सोच्ने समय हो, स्वतन्त्र छोड्दिनुस्



पहिलोपोस्ट

प्रमुख निर्वाचन आयुक्तले भने–मौन अवधि मतदाताको सोच्ने समय हो, स्वतन्त्र छोड्दिनुस्

काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रमुख आयुक्त यादवले मौन अवधि मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उनीहरुलाई स्वतन्त्ररुपमा छोड्दिन आग्रह गरे। 

शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै यादवले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिए। 

सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उनले निर्देशन दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell