PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

उम्मेद्वारलाई भोट माग्दै सुरक्षाकर्मी, कारबाही गर्छौः प्रहरी प्रवक्ता



पहिलोपोस्ट

उम्मेद्वारलाई भोट माग्दै सुरक्षाकर्मी, कारबाही गर्छौः प्रहरी प्रवक्ता

काठमाडौ :  निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षकलगायतले निर्वाचनमा भोट हाल्नेदेखि अन्य गतिविधिमा सहभागी हुन पाउँदैनन्। ७२ हजार नेपाल प्रहरी भोट हाल्नबाट बञ्चित छन्। सुरक्षाकर्मीलाई त झनै तटस्थ भएर बस्नुपर्ने कानुनी व्यवस्था नै छ।

कानुन अनुसार कुनै उम्मेद्वार र पार्टीलाई सहयोग गर्न नमिल्ने भएपनि अहिले प्रहरी संगठनका केही सदस्य भने सामाजिक सञ्जालमार्फत उम्मेद्वारलार्इ भोट माग्नदेखि सहयोग गर्नसमेत लागेको खुल्न आएको छ। 

केहि समय अगाडि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक सुरक्षा गोष्ठीमा संगठनका सदस्यलाई कुनै पनि राजनीतिक दलको पक्षमा लागे कारबाही गर्ने चेतावनी दिएका थिए। निर्वाचन आयोगले पनि पटक पटक सुरक्षाकर्मीलाई कुनै दल र उम्मेद्वारको पक्षमा नलाग्न आग्रह गर्दै आएको छ। तर संगठनको नियम विपरीत सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको छ।

प्रहरी अनुशासनलाई नै लत्याएर सामाजिक सञ्जालमा पोस्ट गर्नु संगठनको नियम विपरीत भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेले भने ‘कसैले कुनै उम्मेद्वार र पार्टीको पक्षमा सामाजिक सञ्जालमा लेख्छ र बोल्दै हिंड्छ भने हामी कारबाही गर्छौं।‘ प्रहरी नियमावलीको हेक्कासमेत नराखी सुरक्षामा खटिएका प्रहरीले यसरी चुनावमा भोट माग्नु र खुलेर कुनै पनि उम्मेदारका बारेमा बोल्नु प्रहरी नियमावली विपरीत भएको उनले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell