PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

फ्राइडे रिलिज: छैन नयाँ, पुरानो कुन फिल्म पर्दामा?



पहिलोपोस्ट

फ्राइडे रिलिज: छैन नयाँ, पुरानो कुन फिल्म पर्दामा?

काठमाडौं: यो साता कुनै पनि नयाँ नेपाली फिल्म सार्वजनिक भएनन्। तर गत साताहरुमा नै प्रदर्शनमा रहेका फिल्महरु छक्कापञ्जा २, फाटेको जुत्ता, झ्यानाकुटी, रोमियो, रुद्रप्रिया, मेला, ऐश्वर्या प्रदर्शनरत छन्।

यसैबिच निखिल उप्रेतीको फिल्म 'रुद्र' पुन: केही हलमा देखाउन सुरु भयो। काठमाडौं भित्रका सिंगल स्क्रिनहरु पृथ्वी, सिद्धार्थ र पुष्पाञ्जली लगायतका हलहरुमा उत्री सकेको फिल्मको प्रदर्शन सुरु गरिएको हो।

बलिउडतर्फ पनि नयाँ फिल्म सार्वजनिक भएन। मल्टिप्लेक्सहरुमा जरिन खान स्टारर फिल्म 'अक्षर २'ले शो पाइरहेको छ।

त्यस्तै हलिउडतर्फ पनि केही साता अघि नै सार्वजनिक जस्टिस लिग, थोर ३ मल्टिप्लेक्सहरमा प्रदर्शनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell