PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका १६ कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका १६ कार्यकर्ता पक्राउ

चितवन :  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवनमा नेपाल कम्युनिष्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन्। 

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ। 

उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले जानकारी दिए। निर्वाचन विरोधी गतिविधि बढ्न सक्ने भन्दै सो पार्टीका नेता कार्यकर्तामाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell