PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

कार दुर्घटनामा परी थाइल्याण्डमा १२ जनाको मृत्यु



पहिलोपोस्ट

कार दुर्घटनामा परी थाइल्याण्डमा १२ जनाको मृत्यु

बैंकक :  थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र चालक गरी १३ जनाको मृत्यु भएको छ।

म्यानमारका नागरिक सवार भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो। कार ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो।
कार चालक थाई नागरिक पनि दुर्घटनामा मारिएका छन्। प्रहरीले दुर्घटनामा परी मारिएकाको पहिचान हुन नसकेको बताएको छ। 

थाइल्याण्डमा सडकको अवस्थाका कारण सडक दुर्घटना धेरै हुने गरेका छन्। यहाँ हरेक वर्ष २४ हजार नागरिकले सवारी दुर्घटनाबाटै ज्यान गुमाउने गरेका छन्। कारमा पर्यटकका रुपमा थाइल्याण्ड घुम्न आएका नागरिक थिए।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell