PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

तेस्रोपटक दुई नेपाली फिल्मको रिलिज टार्गेट तय



पहिलोपोस्ट

तेस्रोपटक दुई नेपाली फिल्मको रिलिज टार्गेट तय

काठमाडौं: विहीबार दुई नेपाली फिल्मको रिलिज टार्गेट तय भएको छ। फिल्म 'रोमियो एण्ड मुना' र 'तिमीसँग' प्रदर्शनमा आउने मिति सार्वजनिक गरिएको हो।

'रोमियो एण्ड मुना' युनिटले फागुन ११ गते फिल्म पर्दामा उतार्ने जानकारी दिएको छ भने फिल्म 'तिमिसँग' चैत २३ गते देशभर प्रदर्शनमा आउने बताइएको छ।

रोमियो एण्ड मुनाले यसअघि माघ २६लाई रिलिज मिति तोक्यो। आन्तरिक समस्याका कारण बताउँदै दोस्रो पटक चैत २३ लाई टार्गेट गरेको थियो। तर दोस्रो पटक पनि फिल्म रिलिज तोकिएको समयमा नहुने भएसँगै फिल्म रिलिज प्रिपोन्ड गर्दै फागुन ११ गतेलाई तेस्रो रिलिज टार्गेट बनायो।

फिल्म तिमीसँगको पनि चैत २३ तेस्रो टार्गेट हो। गत भदौ ८ को रिलिज टार्गेट मिट नभएपछि फिल्म युनिट प्रदर्शन अन्यौलतामा थियो। र कार्तिक २४ मा फिल्म रिलिजको खबर सार्वजनिक भयो। उक्त मितिमा पनि फिल्म रिलिज नभएपछि तिमिसँग युनिटले चैत २३ मा आफ्नो फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।

फिल्म रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन्। प्रशसन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्मित फिल्मलाई दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठले खिचेका हुन्। हालसम्म फिल्मको नब्बे प्रतिशत छायाँकन सम्पन्न भएको फिल्म युनिटले जानकारी दिएको छ। फिल्ममा विनय श्रेष्ठ, बसुन्धरा भुषाल, मेनुका प्रधान, सुष्टि श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ।

त्यस्तै फिल्म तिमीसँगको लेखन तथा निर्देशन शिशिर राणाले गरेका हुन्। फिल्ममा साम्राज्ञी राणा, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको छ। फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell