PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बाजुरामा एमाले कार्यकर्ताको आक्रमणबाट कांग्रेसका ६ कार्यकर्ता घाइते, तीन सम्पर्कविहीन



पहिलोपोस्ट

बाजुरामा एमाले कार्यकर्ताको आक्रमणबाट कांग्रेसका ६ कार्यकर्ता घाइते, तीन सम्पर्कविहीन

बाजुरा :  बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति घरेलु हातहतियार प्रहारबाट नेपाली कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन छन्। 

घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेका बताइएको छ। सम्पर्कविहीन हुनेमा सोही वडाका डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेका प्रहरी नायब निरीक्षक जगदीश भट्टले जानकारी दिए। 

भट्टले दिएको जानकारीअनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर छ। आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद पाँच हजार ५०० लुटेको भट्टले बताए। 
घाइतेहरुको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडा अध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताए। 

बाटोमा हिँडिरहेका बेला एक्कासी एमाले कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थापाको भनाइ छ। वाम गठबन्धनका उम्मेदवार लालबहादुरको निर्देशनमा गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले घरेलु हातहतियार र ढुंगा प्रहारबाट आफ्ना कार्यकर्ता घाइते भएका भन्दै कांग्रेसले आपत्ति जनाएको छ। उसले आक्रमणमा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell