PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नवलपरासीमा शशांकको सम्पर्क कार्यालयलाई लक्षित गरीे राखिएको विष्फोटक पदार्थ सेनाले पार्‍यो निष्क्रिय 



पहिलोपोस्ट

नवलपरासीमा शशांकको सम्पर्क कार्यालयलाई लक्षित गरीे राखिएको विष्फोटक पदार्थ सेनाले पार्‍यो निष्क्रिय 

नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विष्फोटक पदार्थ आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। 

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ को दुम्कौलीस्थित महामन्त्री कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विष्फोटक पदार्थ झ्यालटङडाँडास्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए। महामन्त्री कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। 

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली कांग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो।

बम भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए। विष्फोटक पदार्थ कसले राखेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell