
श्रीलङ्का : श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका बताइएको छ।
श्रीलङ्काली प्रधानमन्त्री विक्रमसिङ्गेको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी गाल जिल्लामा दुई भिन्न सम्प्रदायका समूहबीच भडप भएकाले अब त्यस्तो हुन नदिन कडा निर्देशन दिएको बताएको छ।
सरकार जनताको सुरक्षाप्रति संवेदनशील रहेको बताउँदै प्रधानमन्त्रीको कार्यालयले जनताको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएको छ।
गत शुक्रबार झडप भएको स्थानमा प्रधानमन्त्रीले भ्रमणगरी थप प्रहरी समूहहरू पठाउन निर्देशन दिएका र स्थितिलाई सामान्य बनाउन सबैको सहयोगको पनि अपेक्षा गरिएको बताइएको छ।
झडपमा सम्लग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउगरी अनुसन्धान अघि बढाएको छ। रासस/सिन्ह्वा